Nepal Life

पूँजीबजारको सुधार तथा विकासका विषयमा बोर्डले माग्यो सुझाव

NMB Bank
  • BFIS News
  • 2024 Mar 14 18:25
पूँजीबजारको सुधार तथा विकासका विषयमा बोर्डले माग्यो सुझाव
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजीबजारको सुधार र विकासका विषयमा २ दिनभित्रमा सुझाव पठाइदिन लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई आह्वान गरेको छ ।  

Shikhar
Nepal Life
NIMB

आज एक सूचना जारी गर्दै धितोपत्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले अर्थमन्त्री वर्षमान पुनबाट नेपालको पूँजी बजारको सुधार तथा विकासमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयहरु सम्बन्धमा सुझाव मागेको सन्दर्भमा लगानीकर्ता लगायत अन्य सरोकारवाला सर्वसाधारणहरुबाट सुझाव मागेको हो।

बोर्डले त्यस्ता कार्यान्वयनयोग्य सुझावहरु २ दिनभित्र बोर्डको इमेल ठेगानामा पठाइदिन पनि आग्रह गरेको छ।  [email protected] मा सुझावहरु उपलब्ध गराउन सकिनेछ।

'नेपाल सरकारका वर्तमान माननीय अर्थमन्त्री वर्षमान पुनबाट नेपालको पुँजी बजारको सुधार तथा विकासमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयहरू सम्बन्धमा सुझाव माग भएको सन्दर्भमा पुँजी बजारका लगानीकर्ताहरू लगायत अन्य सरोकार राखे सर्वसाधारणहरूलाई पूँजी बजारको तत्काल सुधारका लागि गर्नुपर्ने कार्यान्वयन योग्य सुझावहरू यो सूचना प्रकाशन भएको मितिले दुई दिन भित्र नेपाल धितोपत्र बोर्डको इमेल [email protected] मा उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ', सूचनामा भनिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया