Nepal Life

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु

NMB Bank
  • BFIS News
  • 2024 Mar 14 18:58
रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु
United Ajod

काठमाडौं । रुसी सेनामा भर्ति भएका थप ७ जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो। त्यसमा थप सातजनाको मृत्यु भएको पुष्टि भएसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ।

धादिङका पूर्णबहादुर गुरूङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको परराष्ट्रले बिहीबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

अहिले ज्यान गुमाएहरूको परिवारलाई रुसी सरकारबाट राहत उपलब्ध गराउन र घाइतेको उपचार गर्न, नेपालीलाई फिर्ता पठाउन रुसी सरकारलाई अनुरोध गरेको पनि मन्त्रालयले जनाएको छ।

परराष्ट्रले केही मित्र राष्ट्रहरू बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको पनि प्रष्ट पारेको छ।

मन्त्रालयले मंसिर १८ र पुस ४ गते विज्ञप्तिमार्फत् सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्‍य सर्वसाधरण नागरिकलाई रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन सर्टिफिकेट अनिवार्य गरेको बताएको थियो।

रूसी सेनामा गएका नेपाली नागरिकलाई नेपाल फिर्ता गराउन सरकारले प्राथमिकतामा राखेर कूटनीतिक प्रयास गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया