Nepal Life

मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा दिनदहाडै गोली प्रहार, तीन भारतीय पक्राउ

NMB Bank
  • BFIS News
  • 2024 Mar 15 15:25
मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा दिनदहाडै गोली प्रहार, तीन भारतीय पक्राउ
United Ajod


काठमाडौं । शिव मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ। परोहा नगरपालिका वडा नम्बर ‍-९ स्थित मनि ट्रान्सफरका २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको रौतहट प्रहरीले जानकारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

जिल्ला प्रहरी कार्यालयका अनुसार गोली चलाउने समूहका तीनजनालाई पक्राउ गरिएको छ। पक्राउ परका तीनैजना भारतीय नागरिक भएको खुलेको छ।

पक्राउ पर्नेमा भारतका मुनिस यादव, राजाकुमार पासवान र चन्द्र भारती रहेका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी प्रवक्ता एवं डिएपी एजिला गिरीले बताइन्।

उनीहरुलाई हतियारसहित पक्राउ गरिएको छ। उनले थप अनुसन्धान भइरहेको र उक्त समूहले लुटपाट गर्ने उद्देश्यले गोली चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको बताइन्।

गम्भीर घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया