Nepal Life

घट्यो पेट्रोलियम पदार्थको मूल्य

NMB Bank
  • BFIS News
  • 2024 Mar 15 22:13
घट्यो पेट्रोलियम पदार्थको मूल्य
United Ajod

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। घटेको मूल्य शुक्रबार राति १२ बजेपछि लागू हुने छ।

Shikhar
Nepal Life
NIMB

निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेल दुई-दुई रूपैयाँ घटाएको जानकारी दिएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६८ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया