Nepal Life

नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै राम्रो अवस्थामा : अध्यक्ष केसी

NMB Bank
  • BFIS News
  • 2024 Mar 16 14:16
नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै राम्रो अवस्थामा : अध्यक्ष केसी
United Ajod

काठमाडौं । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय नेपालको बैङ्किङ क्षेत्र राम्रो अवस्थामा रहेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकले आज काठमाडौंमा आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा बोल्दै उनले विविध चुनौतीकाबीच नेपालको बैङ्किङ क्षेत्र निकै राम्रो अवस्थामा रहेको दाबी गरे।

Shikhar
Nepal Life
NIMB

“बैङ्किङ क्षेत्रका सबै सूचक सहज रुपमा रहेका छन्। तरलताका हिसाबले सहज अवस्था छ। पुँजीका हिसाबले पनि सक्षम अवस्थामा रहेका छौं”, उनले भने, “विभिन्न सूचकहरुलाई हेर्ने हो भने अहिले नेपालको बैङ्किङ क्षेत्र दक्षिण एसियामै राम्रो छ। मौद्रिक सूचक सकारात्मक छन्। विदेशी मुद्रा सञ्चिति पर्याप्त छ। भुक्तानी सन्तुलन कायम भएको छ। राजस्व बढ्दो क्रममा छ।”

मुलुकको आर्थिक विकासका लागि सहयोग गर्नसक्ने महत्वपूर्ण क्षेत्रमा रुपमा बैङ्किङ क्षेत्र स्थापित भइसकेको उनले दाबी गरे। बैङ्किङ क्षेत्रबाट भएको लगानीले भोलिका दिनमा ठूलो परिवर्तनको सम्भावना देखिएको उल्लेख गर्दै उनले जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा भएको लगानीले आगामी दिनमा मुलुकको अर्थतन्त्रमा नै महत्वपूर्ण भूमिका खेल्ने बताए।

अबको लगानी आर्थिक विकासलाई केन्द्रीत हुनेगरी गर्नुपर्ने केसीको भनाई छ। पर्यटन, सेवालगायतका क्षेत्रलाई पनि लगानीको केन्द्रमा राखेर कर्जा विस्तार गरिनुपर्ने उनले बताए। त्यस्तै, नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानीका लागि उनले बैङ्किङ क्षेत्रलाई आग्रह गरे। विदेशबाट नेपालमा लगानी भित्र्याउनका लागि नेपालका बैङ्कसँग सहकार्य गर्नसक्ने पर्याप्त अवसर र सम्भावना रहेको उनले बताए।

बैङ्किङ क्षेत्र सुधारका लागि सरकारसँग पनि केहि अपेक्षा रहेको उनले बताए। नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतीको चरणमा रहेकोमा पूर्वाधार विकासका लागि पर्याप्त लगानी आवश्यक पर्ने अध्यक्ष केसीले बताए। त्यस्तै, आगामी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनमार्फत् पनि विभिन्न क्षेत्रमा लगानीका क्षेत्र पहिचान हुनेमा बैङ्किङ क्षेत्र आशावादी रहेको बताए। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया