Nepal Life

पूर्वअर्थमन्त्रीका कामको आलोचना गर्दिनँ, राम्रा कामलाई निरन्तरता दिन्छु : अर्थमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Mar 17 11:18
पूर्वअर्थमन्त्रीका कामको आलोचना गर्दिनँ, राम्रा कामलाई निरन्तरता दिन्छु : अर्थमन्त्री
United Ajod

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफूभन्दा अघिका अर्थमन्त्रीले गरेका राम्रा कामहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्। आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आलोचना मात्रै नगरेर राम्रा कामको निरन्तरता पनि दिइने उल्लेख गरे।

Shikhar
Nepal Life
NIMB

उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा पनि भएका कमिकमजोरीहरूलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए।

उनले भने, 'आफ्नो मन्त्रालय, आफ्नो सरकारको, समाजको, आफ्नो देशको समस्या समाधान गर्ने हामीले नै हो । त्यस अर्थमा यो खालको आत्मविश्वास पनि हुनुपर्छ । अहिलेकै कार्यकारी प्रमुखले गर्ने हो यो संस्थाको सुधार, पुरानाले छोडिदिनुस् । कमजोरी भए समीक्षा गरौँ । पुरानालाई गाली गर्ने होइन । मैले म भन्दा अघिका अर्थमन्त्रीले राम्रो गरेका कामहरूलाई निरन्तरता दिनुपर्छ। पूर्ववर्ती अर्थमन्त्रीहरूका राम्रा काम नीतिहरूलाई निरन्तरता दिनुपर्छ, म दिन्छु, प्रतिबद्धता छ। '

अर्थमन्त्री पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न पनि नागरिक लगानी कोषलाई निर्देशन दिए। उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए। विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरूलाई भविष्यमा नदोहोर्‍याउने प्रतिविद्धतासहित अघि बढ्न पनि सुझाव दिए।

'यो कोषले लक्षित गरेअनुसारका अलि ठुला पूर्वाधारका योजनाहरूमा लगानी गर्नुस् । दीर्घकालीन पूर्वाधार निर्माण होला, अलि ठूला आर्थिक वृद्धिका क्षेत्रहरू, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुहोस् । यसमा योगदान कर्ताहरूको पैसा नडुबोस्, विज्ञ साथीहरूले हेर्नुस् । त्यो हाम्रो जिम्मेवारी हो ’, उनले भने।

अर्थमन्त्रीले देशमा परेको समस्यालाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिने बताए। 'हामी समस्या भन्दा बाहिर त कहिले पनि हुँदैनौं। त्यो समस्या जसले समाधान गर्न सक्छ, आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्न सक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ। नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरू कसैले गर्ने भाग्यमा विश्वास गर्ने। हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो', उनले भने।

उनले देश अहिले आर्थिक रूपले शिथिल भएको बताए।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया