Nepal Life

तोलामा चार सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

NMB Bank
  • BFIS News
  • 2024 Mar 17 13:13
तोलामा चार सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?
United Ajod

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो।

Shikhar
Nepal Life
NIMB

महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ। शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार सयमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार चार सय तोकिएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आज भने रु एक हजार पाँच सय ३० कायम गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया