Nepal Life

आइपिओ जारी गर्दै सभापोखरी हाइड्रोपावर

NMB Bank
  • BFIS News
  • 2024 Mar 17 14:00
आइपिओ जारी गर्दै सभापोखरी हाइड्रोपावर
United Ajod

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपिओ जारी गर्ने तयारी गरेको छ। चैत २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आइपिओ निष्कासनसहित अन्य एजेण्डालाई लिएर कम्पनीको साधारण सभा बोलाउने निर्णय गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैठकले चैत ७ गते काठमाडौंको महाराजगञ्जस्थित अरिकल इभेन्ट्समा बस्ने गरी साधारणसभा बोलाएको हो। कम्पनीले सार्वजनिक निष्कासनका लागि पुँजी संरचना परिवर्तन गरि आइपिओ जारी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिने जनाइएको छ ।

यस्तै कम्पनीले साधारण सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया