Nepal Life

साताको पहिलो दिनमै दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि घट्यो

NMB Bank
  • BFIS News
  • 2024 Mar 17 15:45
साताको पहिलो दिनमै दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि घट्यो
United Ajod

काठमाडौं । साताको कारोबारको पहिलो दिनमै नेप्से परिसूचक दोहोरो अंकले ओराले लागेको छ। आज आइतबार नेप्से १०.६२ अंकले घटेको हो। यसदिन नेप्से ०.५१ प्रतिशतले घटेर २०७०.२५ विन्दुमा बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

आइतबारको बजारमा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५६ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०४ वटा धितोपत्रको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच भएको हो।

आइतबार ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य २८७ रूपैयाँ १० पैसा कायम भएको छ। यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ३४१ रूपैयाँ पुगेको छ।

विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक ७.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य एक हजार ६६ रूपैयाँमा झरेको छ। यस्तै, किसान लघुवित्तको सेयरमूल्य ५.२० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८७० रूपैयाँ कायम भएको छ।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७६ रूपैयाँमा ४१ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५२९ रूपैयाँ २० पैसामा २३ करोड ७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया