Nepal Life

सुन तस्करीमा मुद्दा चलाउन सिफारिस भएका माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ

NMB Bank
  • BFIS News
  • 2024 Mar 18 10:43
सुन तस्करीमा मुद्दा चलाउन सिफारिस भएका माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ
United Ajod

काठमाडौं। सुन तस्करी आरोपमा मुद्दा चलाउन सिफारिस भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ।

Shikhar
Nepal Life
NIMB

महरालाई कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइँदै छ।

इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो। उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामै छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसअघि महरालाई मुद्दा नचलाएर उन्मुक्ति दिएको थियो। सिआइबीले इलेक्ट्रिक चुरोट (भेप) मार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा उनलाई कागज मात्रै गराएर छाडेको थियो।

महरा बाबुछोराको सम्पर्क सिधै तस्कर दाओजिन वाङसँग पटकपटक भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। तर पनि सिआइबीले उनीहरूविरूद्ध पहिलो चरणको अनुसन्धानमा सोधपुछ नै नगरी मुद्दा बुझाएको थियो।

१० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु लुई हानसोङको लगेजबाट ठूलो परिमाणमा बरामद भएको इलेक्ट्रिक सिगरेट (भेप) छुटाउन छोरा राहुलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई मोबाइल सम्पर्क गरेपछि भएको प्रहरी अनुसन्धानमा महरा र उनका छोराको चिनियाँ सुन तस्करसँग अस्वाभाविक उठबस देखिएको खुलासा भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया