Nepal Life

छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Mar 19 08:46
छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?
United Ajod

काठमाडौं । छिमेक लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो। यसको मूल्य प्रतिकित्ता रु ६०० तोकिएको छ। यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन्। शेयर खरिद गर्न इच्छुक व्यक्तिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

त्यस्तै, कम्पनीले अर्का शेयरधनीको नाममा रहेको १ हजार ६२८ कित्ता संस्थापक शेयरसमेत बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रति कित्ता ५०० रुपियाँ तोकिएको छ। यस शेयरमा संस्थापकबाहेक अन्य व्यक्ति वा संस्थाले खरिदका लागि १५ दिनभित्र आवदेन दिन पाउनेछन्।

तोकिएको समयभित्र संस्थापकबाट आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रकिया अघि बढाइने कम्पनीले जनाएको छ।

शेयर खरिदका लागि आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्ने छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया