Nepal Life

घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा

NMB Bank
  • BFIS News
  • 2024 Mar 19 15:40
घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा
United Ajod

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.२४ अंकले घटेको छ। यसदिन नेप्से ०.३० प्रतिशतले घटेर २०६७.२९ विन्दुमा बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबारको बजारमा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम ७५ करोड रूपैयाँले बढेको हो।

यस दिन ३०७ वटा धितोपत्रको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच भएको हो। मंगलबार १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज ३ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ। बुद्धभूमी नेपाल हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने धौलागिरी लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को मूल्य सर्वाधिक ७.०८ प्रतिशतले घटेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँमा झरेको छ। यस्तै, पिपुल्स हाइड्रोपावको सेयरमूल्य ६.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२६ रूपैयाँ कायम भएको छ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५४९ रूपैयाँ ५० पैसामा २५ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.६४ प्रतिशत घटेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०६ रूपैयाँमा १८ करोड ८९ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जीवन बीमा र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया