Nepal Life

मासिक १ लाख २६ हजार तलबसहित राष्ट्र बैंकले माग्यो कर्मचारी

NMB Bank
  • BFIS News
  • 2024 Mar 20 08:39
मासिक १ लाख २६ हजार तलबसहित राष्ट्र बैंकले माग्यो कर्मचारी
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ।  

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति सम्मिलित व्यवस्थापन समूहको संयोजकका लागि पुनःदरखास्त आह्वान गरेको हो।  

माग गरिएको उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नाकोत्तर गरेको र बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने जनाइएको छ।    

सेवाअवधि एक वर्षको हुनेछ भने कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुईपटकसम्म नवीकरण गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

दरखास्त चैत १३ गतेसम्म दिन सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया