Nepal Life

महिला लघुवित्तको झण्डै २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Mar 20 08:51
महिला लघुवित्तको झण्डै २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।  

Shikhar
Nepal Life
NIMB

संस्थापक शेयरमा संस्थाको विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न सक्नेछन्। संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ।  

लगानीकर्ताले काभ्रेपलाञ्चोकमा रहेको संस्थाको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ ठमेलमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।  

तोकिएको मितिभित्र शेयर खरिदका लागि कुनै आवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया