Nepal Life

काठमाडौं उपत्यकामा बिहानैदेखि बदली, कोशी र मधेसमा वर्षाको सम्भावना

NMB Bank
  • BFIS News
  • 2024 Mar 20 09:00
काठमाडौं उपत्यकामा बिहानैदेखि बदली, कोशी र मधेसमा वर्षाको सम्भावना
United Ajod

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण काठमाडौंमा आज बिहानैदेखि बाक्लो बादल लागेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

यस्तै कोशी, मधेस प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र  चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया