Nepal Life

बङ्लादेशको चालु खाता सञ्चिति तीन अर्ब अमेरिकी डलरभन्दा बढी

NMB Bank
  • BFIS News
  • 2024 Mar 20 14:08
बङ्लादेशको चालु खाता सञ्चिति तीन अर्ब अमेरिकी डलरभन्दा बढी
United Ajod

बंगलादेश। बङ्गलादेशको चालु खाता सञ्चिति सन् २०२३ जुलाईदेखि सन् २०२४ जनवरीसम्ममा तीन अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।

Shikhar
Nepal Life
NIMB

बङ्गलादेश बैङ्कद्वारा प्रकाशित पछिल्लो तथ्याङ्कअनुसार चालु खाता पुँजीले अघिल्लो आर्थिक वर्ष २०२२/२३ को सोही अवधिमा चार अर्ब ६४ करोड ८० लाख डलरको घाटाको तुलनामा आर्थिक वर्षको पहिलो सात महिनामा तीन अर्ब १४ करोड ८० डलरको जम्मा पुँजी देखाएको छ।

बङ्गलादेशले आर्थिक वर्ष २०२२/२३ मा निर्यात र विप्रेषणमा कमजोर वृद्धिको कारण २.६७ अर्ब डलरको चालु खाता घाटा व्यहोरेको थियो।

अधिकारीहरूले केन्द्रीय बैङ्कको चालु खाताको रकम तथा भुक्तानीको समग्र पुँजीले जुलाई–जनवरी अवधिमा सकारात्मक प्रवृत्ति कायम राखेको बताएका छन्।

हालका महिनाहरूमा आयात बिलमा गिरावटको बीचमा निर्यात आय र विप्रेषणकोे आगमन बढेको कारण यो सम्भव भएको उनीहरूको  भनाइ छ।

बङ्गलादेशले आर्थिक वर्षको पहिलो सात महिनामा १२.८९ अर्ब डलर विपे्रषण प्राप्त गरेको केन्द्रीय बैङकको तथ्याङ्कले देखाएको छ। एजेन्सी

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया