Nepal Life

पूँजीगत खर्च बढाएर अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने सरकारको योजना

NMB Bank
  • BFIS News
  • 2024 Mar 20 18:44
पूँजीगत खर्च बढाएर अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने सरकारको योजना
United Ajod

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पूँजीगत खर्च बढाइने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अर्थमन्त्री पुनले अहिले अर्थतन्त्र शिथिल बन्नुका विभिन्न कारणमध्ये पूँजीगत खर्चतर्फ कम रकम विनियोजन हुनु पनि एक कारण भएको भन्दै आगामी आवको बजेटमा यसमा वृद्धि गरिने बताए।

Shikhar
Nepal Life
NIMB

'अहिले अर्थतन्त्र शिथिल बन्नुका विभिन्न कारणमध्ये पूँजीगत खर्चतर्फ कम रकम विनियोजन हुनु र विनियोजन गरिएको सीमित बजेट पनि खर्च नहुनु हो,' उनले भने। पूँजीगत खर्च क्षमता बढाउन सरकारले केही विधिगत र संरचनात्मक सुधारका काम अघि बढाएकाले आगामी वर्ष पूँजीगत खर्च उल्लेख्य रुपमा बढ्ने अर्थमन्त्री पुनले विश्वास व्यक्त गरे।

वर्तमान आर्थिक शिथिलतालाई अन्त्य गर्न सरकारले ठूला तथा  निर्माणाधीन आयोजनालाई अगाडि बढाउने र विकास वित्तका लागि आन्तरिक र बाह्य स्रोतको अधिकतम परिचाल गर्ने नीति लिइने मन्त्री पुनको भनाइ छ। स्वदेशी र बाह्य पूँजी परिचालनका लागि अनुकूल वातावरण निर्माणका साथै आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उनले सरकारको वित्त नीति र मौद्रिक नीतिबीच उचित समन्वय गरी अर्थतन्त्र चलायमन गराउन थप प्रयत्न गरिने बताए।

सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको राजस्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहायताका नवीन स्रोतको पहिचान तथा परिचालन गरिने मन्त्री पुनको भनाइ छ । पूँजीगत खर्चको न्यूनताको समस्या समाधान गर्न नीति, कानुन र प्रक्रिया सुधार अघि बढाइने उल्लेख गर्दै उनले निर्माणाधीन पूर्वाधार आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने, आयोजना प्रमुखसँग कार्यसम्पादन करार गर्ने  र अधुरा आयोजनाको निर्माणमा स्रोत सुनिश्चित गरेर मात्र नयाँ आयोजना सुरु गरिने बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया