Nepal Life

आज पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा वर्षाको सम्भावना, कहिले हुन्छ मौसममा सुधार?

NMB Bank
  • BFIS News
  • 2024 Mar 21 08:40
आज पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा वर्षाको सम्भावना, कहिले हुन्छ मौसममा सुधार?
United Ajod

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भयो।

Shikhar
Nepal Life
NIMB

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा हुने अनुमान गरेको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आगामी शनिबारसम्म वर्षाको सम्भावना रहेको बताए। “शनिबारसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने देखिँदैन तर बुधबारको जस्तो झरी हुँदैन। त्यसपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ', उनले भने।

मौसमविद् अधिकारीले आज कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे। उनका अनुसार आज बुधबारको तुलनामा भने कम वर्षा हुनेछ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया