Nepal Life

आजसम्म कायम शेयरधनीले मात्र पाउनेछन् साल्ट ट्रेडिङको लाभांश

NMB Bank
  • BFIS News
  • 2024 Mar 21 10:16
आजसम्म कायम शेयरधनीले मात्र पाउनेछन् साल्ट ट्रेडिङको लाभांश
United Ajod

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले आजसम्म कायम शेयरधनीलाई लाभांश दिनेछ।

Shikhar
Nepal Life
NIMB

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि अर्थात चैत ९ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। तसर्थ आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।

कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले ५७ औं वार्षिक साधारण सभा आगामी चैत २३ गते शुक्रबारका दिन बिहान ११ बजे बोलाएको छ। सभा काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ।

सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।  

यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिने जनाइएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया