Nepal Life

सिआइबीसँगको बयानपछि विनोद चौधरीले भने : मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन

NMB Bank
  • BFIS News
  • 2024 Mar 21 10:40
सिआइबीसँगको बयानपछि विनोद चौधरीले भने : मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन
United Ajod

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन आवश्यक नभएको बताएका छन्। साथै उनले आफूमाथि राजनीतिक स्टन्ट भएको उल्लेख गरेका छन्।

Shikhar
Nepal Life
NIMB

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिनाको आरोप लागेपछि सिआइबीले आज चौधरीसँग बयान लिएको थियो। बयानपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले भने, '४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई।'

उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाए। चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’

उनले यसबारेमा प्रश्न उठ्ने वित्तिकै दलको बैठकमा र रोस्टममा उभिएर संसदमा समेत आफ्नो कुरा राखेको बताए।

'मलाई आज यहाँ आउन मौखिक जानकारी गराइयो । म एउटा जिम्मेवार राजनीतिकर्मीको हिसाबबाट सहयोग गर्न उपस्थित भएको हुँ । ४२ वर्षअगाडि बाँसवारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ,' उनले भने।

उनले हजारौं रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपले १० रोपनी जग्गाको बारेमा कुनै प्रकारको कुदृष्टि राख्छ भन्ने सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही नभएको बताए।

'आज यो इस्यूमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्न खोजेको प्रष्टसँग देखियो। देशको अर्थतन्त्र अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिएरहेको बेला मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि विश्वभरि रहेका नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले कुन सन्देश मनमा लिएर जान्छन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो', उनले भने।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया