प्रभु बैंकको ३ लाख ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- BFIS News
- 2024 Mar 22 08:03
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यसमा खरिद आवेदन दिन सक्नेछन्।
आवेदन काठमाडौंस्थित बबरमहलमा रहेको बैंकको प्रधान कार्यालयमा दिनुपर्नेछ। संस्थापक शेयरधनीले शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ-संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया