Nepal Life

कविता : वसन्त ॠतु

NMB Bank
  • भिमकाजी पुन
  • 2024 Mar 23 19:16
कविता : वसन्त ॠतु
United Ajod

मुस्सुक्कै मुस्कानमा लुगुमले वसन्त बोलाउदैछ।

खुल्लाआकाशको घुम्तोमुनि छुट्टै लोक बनाउदैछ।।

Shikhar
Nepal Life
NIMB

दुकुर कुरकुर्रता कोइलीको कुहु रनबन घन्किन्छ।

भमरा भुँभुँ गरि बसन्तको स्वागतमा लम्किन्छ।।

दिनको साथमा बस्तुभाउका गाँरो गोठालाको बाँसुरी,

यो मन उडी गगन चुम्छ चर्को घाममा आएर हुन्डरी ।।

आलि भरी बाला झुल्यो हिड्नु म कसरी।

गहुँ-जौँ पाकिसक्यो तल बेँशीको खेतभरि।।

जुनेली रातको सितलतामा बयेली खेल्छ धान।

गुँरासै फुल्दा रताम्मे पाखा-पखेरा रमाउछ झन।।

जीवनका गाथा गन्तब्य माथ रमौँ मन्तब्य पोखेर।

चौतारी बसी बेदना खोली गाउँला दाजै सारङ्गी रेतेर।।

दुखे खुत्ता फाते जुत्ता गाइने दाजै नफर्किने लामैछ यात्रा।

फर्की बर्षेनि आउँछ उमंग ल्याउँछ बसन्त ॠतुकैछ जात्रा ।।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया