Nepal Life

कविता: छुटेको प्रेम

NMB Bank
  • भिमकाजी पुन
  • 2024 Mar 23 19:21
कविता: छुटेको प्रेम
United Ajod

कहिले एका बिहानीको ब्युँझाइमा झस्काउछ्यौ।

कहिले निद्रा सपनीको हराम गर्न आइपुग्छ्यौ।

Shikhar
Nepal Life
NIMB

चिल्ला कुरा खस्रो बानी गर्यौ बुझिन तिमिलाइ

घनले हिर्काइएको ढुङ्गा झैं आज फुटायौ मलाइ।।

आकाशको तारा रैछौ हेर्न नपाउदै खस्यौ कता?

साथमा हुँदा मनोरमभो नहुँदा छट्पतिएँ यता-उता।

कल्पनाको सागर तैरायौ मायाको नशा पिलाएर।

कुन पदक जित्यौ देखाउ मलाइ यो दिल जलाएर।।

भावीको लेखान्त कि मेरै कर्म काण्ड बुझ्दैछु आज।

हर साँझ गिलास् भर्छु सराफको नशामा डुब्दैछु आज।।

उम्रेर वृक्ष सुवाष छाइ पर्यावरणमा फल्नु फुल्नुछ।

सितल छहारी बनेर जनको थकाइ हताइ राख्नुछ।।

सत्कर्मको यात्रा गर्ने सन्तको जीवनी जिउनुपर्छ ।

चुनौती चिर्दै सिक्दै जाने बाजको कहानी बन्नुपर्छ।।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया