Nepal Life

सिंगटीको अवितरित हकप्रद शेयर बिक्रीमा, क-कसले दिन पाउनेछ आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Mar 25 07:50
सिंगटीको अवितरित हकप्रद शेयर बिक्रीमा, क-कसले दिन पाउनेछ आवेदन?
United Ajod

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ।

Shikhar
Nepal Life
NIMB

गत फागुन २ गतेदेखि २२ गतेसम्म १:१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेका उक्त कित्ताका शेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखिएको हो।
 
यो शेयर खरिदका लागि सर्वसाधारण, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आवेदन मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी,  कुमारीपाटी, विर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरु तथा सिन्धु विकास बैंक चरीकोट दोलखामा चैत २० गतेभित्र पेश गर्न सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया