Nepal Life

सहुलियत दरको ऋण सुविधा उपलब्ध गराउन एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Mar 25 14:48
सहुलियत दरको ऋण सुविधा उपलब्ध गराउन एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
United Ajod

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन्।

Shikhar
Nepal Life
NIMB

नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री दाहालले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए।

“नेपाललाई अझै पनि ऋणमा सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन”, प्रधानमन्त्री दाहालले भने, “बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईंहरू नीति निर्माता भएका नाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु।”

सरकार सुशासन, संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धिमार्फत् उच्च आर्थिक वृद्धिको लक्ष्यमा केन्द्रित भएको बताउँदै प्रधानमन्त्री दाहालले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गरे।

नेपालमा हाल एआइआइबीको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गरे।  “भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने सम्झौता भएको छ। यसले नेपालको ऊर्जा व्यापारमा मार्गप्रशस्त गरेको छ,” प्रधानमन्त्री दाहालले भने, “ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्झावना छ। हामीले आगामी महिना लगानी सम्मेलन गर्दैछौँ, त्यसमा एआइआइबीले उच्च तहमा प्रतिनिधित्व गर्दै नेपालका प्राथमिकताका क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने मैले विश्वास लिएको छु।”

नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्दै दाहालले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे। उनले भने, “लगानीका लागि अब नेपालमा नयाँ हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस्।”

भेटमा एआइआइबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशक, उपाध्यक्ष एवं उच्च अधिकारीको सहभागिता रहेको थियो। सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख श्रीलङ्काका आरएमपी रथनायकेले नेपाल संस्थापक सदस्यका रुपमा बैंकले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया