Nepal Life

मैलुङ खोला जलविद्युतको रोक्का शेयर कारोबार फुकुवा

NMB Bank
  • BFIS News
  • 2024 Mar 25 17:12
मैलुङ खोला जलविद्युतको रोक्का शेयर कारोबार फुकुवा
United Ajod

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ। कम्पनीको शेयर सोमबारदेखि नेप्सेले फुकुवा गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीबार शेयर कारोबार रोक्का गरेको थियो। ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न समेत भनेको थियो।

‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतापछि शेयर कारोबार खुला गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया