Nepal Life

लाभांश वितरणको प्रस्तावसहित माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै

NMB Bank
  • BFIS News
  • 2024 Mar 26 08:13
लाभांश वितरणको प्रस्तावसहित माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै
United Ajod

काठमाडौं । लाभांशको प्रस्तावसहित माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा आज बस्दैछ। अम्रपाली ब्याङ्क्वैट काठमाडौंमा बिहान साढे १० बजेदेखि दशौं वार्षिक साधारण सभा बस्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले साधारण सभा बोलाएको हो।

उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन सहित, नगद प्रवाह र नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि सभामा प्रस्तुत हुनेछ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते एक दिन बुक क्लोज गरेको थियो। नेप्सेमा फागुन २९ गतेसम्म कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया