Nepal Life

‘आइएमई पे’ बाट प्लेन टिकट काट्दा २ सय क्यासब्याक

NMB Bank
  • BFIS News
  • 2023 Jul 29 20:46
‘आइएमई पे’ बाट प्लेन टिकट काट्दा २ सय क्यासब्याक
United Ajod

काठमाडौं । ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीका अनुसार यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने छ । उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्ने छन्।

कम्पनीका अनुसार अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्नु हुने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया