Nepal Life

बोइङमाथि संकट : प्रतिबन्धदेखि अब सिइओको राजीनामासम्म

NMB Bank
  • BFIS News
  • 2024 Mar 26 10:07
बोइङमाथि संकट : प्रतिबन्धदेखि अब सिइओको राजीनामासम्म
United Ajod

काठमाडौं । विश्वको अग्रणी विमान निर्माता कम्पनी बोइङ संकटमा परेको छ । केही समयदेखि कम्पनीका विमानसँग भएका गम्भीर दुर्घटनामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डेभ क्याल्होनसहित शीर्ष व्यवस्थापनमाथि प्रश्न खडा हुँदै आएको छ।

Shikhar
Nepal Life
NIMB

दबाबका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत डेभले यसै वर्षको अन्त्यसम्ममा कम्पनीबाट बाहिरिने घोषणासमेत गर्नुपरेको छ। यति मात्र होइन, कमर्सियल एयरलाइन्सका महाशाखा प्रमुखले पनि राजीनामा दिँदैछन्। व्यवस्थापनमा रहेका अन्य व्यक्तिहरूलाई पनि जागिरबाट हटाइन लागिएको छ।

सन् २०२० मा, डेभले सिइओको पदभार ग्रहण गरेका थिए। उनी भन्दा पहिले, डेनिस मुइलेनबर्ग कम्पनीको सिइओ थिए। जसले सार्वजनिक भएको एक 'स्क्याण्डल' का कारण आफ्नो पद छाड्नुपरेको थियो । उनको कार्यकालमा पनि एउटा भयानक हवाइ दुर्घटना भएको थियो।

अक्टोबर २९, २०१८ मा लायन एयरको फ्लाइट ६१०, बोइङ ७३७ म्याक्स यात्रुवाहक विमान दुर्घटनामा परेको थियो। यसपछि १० मार्च २०१९ मा इथियोपियन एयरलाइन्सको फ्लाइट ३०२ पनि दुर्घटनाको सिकार भयो । यी दुर्घटनामा चालक दलका सदस्यसहित ३४६ जनाको मृत्यु भएको थियो ।

त्यस्ता घटनाहरूको कारण, बोइङ ७३७ म्याक्स यात्री विमानहरू मार्च २०१९ र डिसेम्बर २०२० बीच विश्वव्यापी रूपमा प्रतिबन्धित भए।

तीन महिनाअघि जनवरी ५ मा बोइङ ७३७–९ म्याक्स विमानको ढोका १६ हजार फिटको उचाइमा खुलेको थियो । तर चालक दलको विवेकले विमान दुर्घटना हुनबाट भने जोगिएको थियो। त्यसबेला कसैलाई पनि गम्भीर चोट लागेको थिएन। सो दुर्घटनाका कारण कम्पनीको व्यवस्थापनमा यो फेरबदल हुन लागेको बताइएको छ।

सिइओको पदभार ग्रहण गर्दै गर्दा डेभले विमानको कडा सुरक्षा आफ्नो प्राथमिकतामा रहने बताएका थिए। तर, केही समयअघि विमानको ढोका हावाको दबाबले खुलेको घटनापछि बोइङमाथि फेरि प्रश्न उठ्न थालेको छ। अमेरिकी सरकारले बोइङविरुद्ध छानबिन सुरु गर्न पनि आदेश दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया