Nepal Life

इस्कोन नेपाल द्वारा हजारौं भक्तजनहरुको साथ हर्षोल्लास पूर्ण फुलमालाको होली

NMB Bank
  • BFIS News
  • 2024 Mar 26 11:37
इस्कोन नेपाल द्वारा हजारौं भक्तजनहरुको साथ हर्षोल्लास पूर्ण फुलमालाको होली
United Ajod

काठमाडौं । संसारभरी रासायनिक बिषादयुक्त रंग प्रयोग गरि होली मनाउदैं गर्दा नेपालको राजधानी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा यहि  चैत्र १२ गते सौहार्दपूर्ण पुष्पको होली उत्सब आयोजना गरिएको छ ।

Shikhar
Nepal Life
NIMB

वैदिक संस्कारले भरिपूर्ण इस्कोन नेपालमा राधाकृष्ण को सुन्दर मन्दिर रहेको छ जहाँ ४० भन्दा बढी गाईको सेवा गरिन्छ र मिठो खीर प्रसाद  दर्शनार्थीलाई निः शुल्क वितरण गरिन्छ । भगवान् श्री कृष्ण स्वयम् श्री चैतन्य महाप्रभुको रुपमा करिब ५३५ बर्ष अघि पश्चिम बङ्गाल को नवदीप, मायापुरमा प्रकट हुनुभएको हो, आज उहाँकै प्राकट्य तिथिमा भगवान् लाई पुष्पको होली र भगवानको बिशेष अभिषेक का साथ होली मनाइएको छ । संसारभरी चिर परिचित रुपेश्वर प्रभुजीको  बिशेष प्रबचन र किर्तनले पनि आजको बिशेष शोभा बढाएको हो । 

हजारौं भक्तजनहरुको साथ बिहान ४ः३० बजे देखि विविध कार्यक्रमका साथै हरे कृष्ण महामंत्र को नगर किर्तन बुढानिलकण्ठ स्थित भगवान् नारायण को परिक्रमा गरि उत्सब आयोजना गरिएको थियो  । कुनै बर्गीय र जातीय विभेद बिना सम्पूर्ण जीवात्माको हित को लागि इस्कोन द्वारा बिभिन्न सेवा गरिदै छन् , जीवनका लागि भोजन नेपाल, भक्तिवेदांत हस्पिटल, भक्तिवेदांत गुरुकुल, भक्तिवेदांत पाठशाला लगायत बिभिन्न प्रोजेक्टहरु द्वारा सेवा प्रदान गरिएको छ । आज हजारौं भक्तजनहरु सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र भजन संगै सन्ध्याको समयमा विशेष पुष्प होली खेलिएको हो । 

हरेक शनिबार बिविध कर्यक्रमका माझ हजारौं भक्तजनलाई भोजन को ब्यवस्था हुने गर्दछ र फाल्गुण गौर पुर्णिमाको तिथिमा भगवान् को अविर्भाव को तिथिमा सन्ध्या चन्द्रोदयको समय सम्म ब्रत बस्ने गरिन्छ । भगवान् लाई अर्पित प्रसादम सम्पूर्ण उपस्थित भक्तजन लाई वितरण हुन्छ इस्कोन नेपालका बिभिन्न जिल्लामा अबस्थित ५५ बढी केन्द्रहरुमा पनि फूलको होली खेलिएको छ । 
आध्यात्मिक ज्ञान र भक्तिको खोजीमा हुनुहुन्छ भने हजुर हरुलाई उत्तम स्थान इस्कोनका बिभिन्न केन्द्रहरुमा गई मेडिटेसन (ध्यान ), हरे कृष्ण महामंत्रको जप, सुन्दर भगवानका विग्रहको आरती, दर्शन र प्राथना गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १२०० ठूला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया