Nepal Life

सर्वोत्तम सिमेन्टमा छैठौं दिन पनि सर्किट, एक हजारनजिक पुग्यो शेयरमूल्य

NMB Bank
  • BFIS News
  • 2024 Mar 27 12:31
सर्वोत्तम सिमेन्टमा छैठौं दिन पनि सर्किट, एक हजारनजिक पुग्यो शेयरमूल्य
United Ajod


काठमाडौं।  सर्वोत्तम सिमेन्टको शेयरमूल्यमा आज पनि अपर सर्किट लागेको छ। दोस्रो बजारमा कारोबारमा आएको लगातार छैठौं दिनमा पनि सर्किट लागेको हो।

Shikhar
Nepal Life
NIMB

सर्वोत्तमको शेयर मूल्यमा छैठौं दिन प्रतिकित्ता ८९.५० रुपैयाँले बढेर ९८४.६० रुपैयाँ पुगेको छ।

छैठौं दिनमा सर्वोत्तम सिमेन्टको खरीदतर्फ १३ लाख ५६ हजार बढीको अर्डर पोस्ट भएको छ। बिक्री गर्ने कम हुँदा मूल्यले उछाल लिएको हो।  

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१ हुँदै आज छैटौं दिन ९८४.६ पुगेर छैटौं सकारात्मक सर्किट लागेको हो।

हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी सूचीकृत रहेका छन् जसमध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा महङ्गो कम्पनी बनेको छ।

सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आइपिओ निश्कासन गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया