Nepal Life

आजसम्म कायम शेयरधनीले मैलुङ्ग खोला जलविद्युतको लाभांश पाउने

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 08:13
आजसम्म कायम शेयरधनीले मैलुङ्ग खोला जलविद्युतको लाभांश पाउने
United Ajod

काठमाडौं। मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत १६ गते शुक्रबार बुकक्लोज गर्दैछ।

Shikhar
Nepal Life
NIMB

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले चैत २९ गते बिहीबार लैनचौर ब्याक्वेट काठमाडौंमा दशौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया