Nepal Life

आजदेखि एसइई सुरु, देशभरबाट ५ लाख ४ हजार विद्यार्थी सहभागी

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 08:49
आजदेखि एसइई सुरु, देशभरबाट ५ लाख ४ हजार विद्यार्थी सहभागी
United Ajod

काठमाडौं। आजदेखि एसइई सुरु भएको छ। चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षा आज बिहान ८ बजेबाट सुरु भएको हो।

Shikhar
Nepal Life
NIMB

बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन हुनेगरी वातावरण तयार पारिएको बताए। उनले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न पनि सबैलाई आह्वान गरे।

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ। एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण पनि गरिएको बोर्डले जनाएको छ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी भएका छन्।

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन्।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट दुई/दुई, रुपन्देहीबाट चारजना छन्।

परीक्षाका लागि कार्यालयले २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक/एक र सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए। उनका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया