Nepal Life

लगातार सातौं कारोबारको दिनमा पनि सर्वोत्तममा सर्किट, शेयरमूल्य एक हजार नाघ्यो

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 12:37
लगातार सातौं कारोबारको दिनमा पनि सर्वोत्तममा सर्किट, शेयरमूल्य एक हजार नाघ्यो
United Ajod

काठमाडौं । सर्वोत्तम सिमेन्ट दोस्रो बजारमा कारोबार सुरु भएको दिनदेखि आज सातौं दिनसम्म लगातार अपर सर्किट लागेको छ। बिहीबार ९.९९ प्रतिशत अर्थात ९८ रुपैयाँ ४० पैसाले बढेसँगै कम्पनीको शेयर मूल्य १०८३ पुगेको छ ।

Shikhar
Nepal Life
NIMB

बिहीबार कम्पनीको शेयर बिहान ९८४ रुपैयाँ ६० पैसामा कारोबार खुला भएको थियो । कम्पनीको शेयर प्रतिकित्ता ९८ रुपैयाँ ४० पैसा बढेर १०८३ पुगेको हो।

आइपिओ परेर दोस्रो बजारमा कारोबार सुरु भएको ७ कारोबार दिनमै लगानीकर्ताहरुले सर्वोत्तम सिमेन्टमा गरिएको लगानीबाट २०० प्रतिशत बढी रिटर्न पाएका छन्।

कम्पनीले ३६० रुपैयाँ ९० पैसामा बुक बिल्डिङ्गबाट आईपीऋो निष्कासन गरेको हो । ५५ हजार ५२१ जनाले न्यूनतम ५० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । यस आधारमा १८ हजार ४५ हजार लगानी गरेका लगानीकर्ताले ३६ हजार १०५ रुपैयाँ नाफा कमाएका छन्।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१ हुँदै बुधबार छैटौं दिन ९८४.६ पुगेर छैटौं सकारात्मक सर्किट लागेको थियो।

हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी सूचीकृत रहेका छन् जसमध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा महङ्गो कम्पनी बनेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया