Nepal Life

गरिमा विकास बैंकको सिइओमा माधवप्रसाद उपाध्याय

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 12:52
गरिमा विकास बैंकको सिइओमा माधवप्रसाद उपाध्याय
United Ajod

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको चैत १४ गते बसेको बैठकले उपाध्यायलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

आगामी २०८१ को वैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई सो पदमा नियुक्त गरिएको हो। हाल बैंकका सिइओ गोविन्दप्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिएपछि उनलाई जिम्मेवारी दिन लागिएको हो।

उनले आगामी ४ वर्षका लागि बैंकको कमाण्ड सम्हाल्नेछन्। हाल उनी नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन्।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापनाकालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनीसँग करिब डेढ दशक अध्यापन–प्राध्यापन को अनुभवसमेत रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया