Nepal Life

साताको कारोबारको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 15:36
साताको कारोबारको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से
United Ajod

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। यसदिन नेप्से ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

बिहीबारको बजारमा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बुधबार २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४२ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१३ वटा धितोपत्रको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच भएको हो। बिहीबार १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ को घटेको छ। यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

यस दिन हिमालयन ऊर्जा विकासको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३१५ रूपैयाँ ७० पैसा कायम भएको छ। यस्तै, सर्वोत्तम सिमेन्टको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ८२ रूपैयाँ ७० पैसा कायम भएको छ।

उन्नति सहकार्य लघुवित्त र धैलागिरी लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य क्रमशः एक हजार ४८५ रूपैयाँ र एक हजार ३०८ रूपैयाँ ६० पैसामा झरेको छ।

बिहीबार सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ८२ रूपैयाँ ७० पैसामा १९ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८८० रूपैयाँमा १६ करोड १९ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ। बैंकिङ, होटल्स तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र ब्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया