Nepal Life

जावलाखेलमा चैत २२ देखि ललितपुर इन्टरनेशनल ट्रेड एक्सपो हुने

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 16:37
जावलाखेलमा चैत २२ देखि ललितपुर इन्टरनेशनल ट्रेड एक्सपो हुने
United Ajod

ललितपुर । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा जावलाखेलमा पाँचदिने ललितपुर इन्टरनेशनल ट्रेड एक्सो हुने भएको छ ।

Shikhar
Nepal Life
NIMB

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्दै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले ‘मेड इन नेपाल’ मूल नारासहित यही चैत २२ देखि २६ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ट्रेड एक्सपो गर्न लागिएको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले जानकारी गराए।

अध्यक्ष शाक्यले एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, साउथ कोरियालगायतका देशमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी सामानको प्रदर्शनी हुने जानकारी दिए।

“नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न फेसन शो, अमूर्त कला संस्कृतिको प्रदर्शनीलगायतका कार्यक्रम राखिएको छ, नेपालका सबै जिल्लामध्ये कला, संस्कृति र कला क्षेत्रको खुला सङ्ग्रहालय भएको जिल्ला ललितपुर हो, यहाँको व्यापार तथा आर्थिक स्थितिको सुधार गर्न, यहाँको कलाकृति र हस्तकलाको प्रवर्द्धन गर्न यो एक्सपो महत्त्वपूर्ण हुनेछ”, शाक्यले भने।

नेपालको पहिचान सगरमाथा, भगवान् गौतम बुद्ध र हस्तकला भएको उल्लेख गर्दै उनले यसलाई उजागर गर्दै आर्थिक चलायमान बनाउन एक्सपो महत्त्वपूर्ण हुने बताए। एक्सपोमा एक लाखभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको उनले बताए।

ललितपुर महानगरपालिका नेपाल चेम्बर अफ कमर्स, जावलाखेल युथ क्लब र नेपाल हस्तकला महासङ्घ सहआयोजक रहेको यस एक्सपोमा ललितपुर तयारी पोशाक व्यापार सङ्घ, कुमारीपाटी जावलाखेल व्यापार सङ्घ, मदिरा व्यवसायी सङ्घ, ललितपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ, ललितपुर कपडा तथा टेलरिङ व्यवसायी सङ्घको सहयोग र सहकार्य रहने जनाइएको छ।

झण्डै एक सयभन्दा बढी व्यापारिक कक्ष रहने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, स्वास्थ्यवर्द्धक सामान, जैविक उत्पादन र गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने अध्यक्ष शाक्यले जानकारी दिए।

करिब रु ६० लाख खर्च लाग्ने अनुमान गरिएको सो एक्सपोलाई ललितपुर महानगरपालिकाले रु १० लाख उपलब्ध गराएको अध्यक्ष शाक्यले जानकारी दिए। एक्सपोमा ललितपुरमा उत्पादन हुने मौलिक निकासीयोग्य समान र दैनिक उपभोग्य सामानका अतिरिक्त आफ्नो ब्राण्ड परिचित गराउने तथा ललितपुरका विभिन्न वडामा उत्पादन हुने विभिन्न सामानको प्रर्दशनी रहने जनाइएको छ ।

एक्सपोमा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका उद्यमी व्यवसायीले पनि आफ्नो उत्पादनलाई प्रदर्शनी गर्नसक्ने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए।

महानगरपालिकाको उद्योग तथा पर्यटन समितिका संयोजक तथा वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठले यस एक्स्पोले सार्क राष्ट्रबीचको कला, संस्कृति र रितीरिवाज आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस एक्स्पोले ललितपुरका साथै नेपालको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया