Nepal Life

वैदेशिक लगानीका लागि नेपालमा उपयुक्त वातावरण बनेको छ : अर्थमन्त्री

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 19:09
वैदेशिक लगानीका लागि नेपालमा उपयुक्त वातावरण बनेको छ : अर्थमन्त्री
United Ajod


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनेको बताएका छन्। शिष्टाचार भेटका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालय आएकी नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रिक्का हेइक्कासँगको भेटमा मन्त्री पुनले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए।

Shikhar
Nepal Life
NIMB

मन्त्री पुनले लगानी वातावरण बनाउन सरकारले एक दर्जन बढी विद्यमान कानुनमा संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिए। लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको उनको थियो।

मन्त्री पुनले आगामी वैशाख १६ र १७ मा काठमाडौंमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याउन लागि परेको भन्दै त्यसमा सहयोग गर्न राजदूत हेइक्कासँग आग्रह गरे। नेपालमा जलविद्युत, ऊर्जा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री पुनले आग्रह गरे।

फरक प्रसंगमा उनले १० वर्षअघि नेपालमा महिलाको राजनीतिक अधिकार प्राप्तिको एजेण्डा प्रमुख रहेको स्मरण गर्र्दै हाल नेतृत्व क्षमता विकास तथा आर्थिक सामाजिक पहुँच वृद्धिलाई प्राथमिकतामा राखिएको जनाए।

मन्त्री पुनले दौत्य सम्बन्धको अर्धवार्षिकी पार हुनै लाग्दा फिनल्याण्डले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानीका क्षेत्रमा गर्दै आएको निरन्तर सहयोगका लागि नेपाल र नेपालीका तर्फबाट धन्यवाद दिए।

त्यस क्रममा राजदूत हेइक्काले लगानी सम्मेलनअघि नै युरोपेली संघ (इयु) को नोकिया बिजनेश कम्पनीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने जानकारी दिइन्। विगतमा मोबाइल कम्पनी सञ्चालन गरेको नोकियाले पछिल्लो समय सूचना प्रविधि र सफट्बेयरको क्षेत्रमा लगानी गर्दै आएको छ।

फिनल्याण्डको शुद्ध पिउनेपानीको वितरण प्रणाली उच्चस्तरको रहेको भन्दे राजदूतले हेइक्काले त्यस क्षेत्रमा मिलेर काम गर्ने चाहना राखिन्। कर्णाली र मधेसमा स्वच्छ पिउने पानीका लागि फिनिस सरकारको सहयोगमा आयोजना सञ्चालनमा रहेको बताइन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया