Nepal Life

हवाई टिकटमा लगाइएको अतिरिक्त करले नेपालको पर्यटन क्षेत्रमा असर गरेको छ : ढकाल

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 19:42
हवाई टिकटमा लगाइएको अतिरिक्त करले नेपालको पर्यटन क्षेत्रमा असर गरेको छ : ढकाल
United Ajod

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएको र यसले नेपालमा यात्रा गर्ने विदेशीहरु कम भएको बताए ।

उनले सरकारले हवाई टिकटमा लगाएको १३ प्रतिशत अतिरिक्त कर करेक्शन गर्न आवश्यक रहेको बताए।

अर्को प्रसंगमा उनले सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको उल्लेख गरे।

उनले भने,‘पाँच तारे होटलका ५ प्रतिशत सर्भिस चार्जको कारणले गुणस्तरीय विदेशी ब्राण्ड नेपालमा आउनको लागि असजिलो भइरहेको छ । गत वर्षको बजेटले हवाई टिकट र लक्जरी भ्याट थप गरेको छ । त्यसले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको छ । उक्त भ्याटमा करेक्शन हुनुपर्छ भन्ने हाम्रो माग छ।'

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया