Nepal Life

नेपाल लाइफ क्यापिटलद्धारा लगानी व्यवस्थापन सम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Mar 29 21:33
नेपाल लाइफ क्यापिटलद्धारा लगानी व्यवस्थापन सम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने “Global Money Week” को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

Shikhar
Nepal Life
NIMB

धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । “उज्वल भविष्यका लागि लगानी“ विषयमा सर्वसाधारण माझ  वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र ५  गते नेपालगंज, चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, चैत्र ८ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम संचालन गरिएको थियो ।

शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे थियो । कार्यक्रमबाट ५०० जना सहभागीहरु लाभान्वित भएका थिए ।

नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरुको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उदेश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीले पुँजी बजारका असिमित संभावनाहरु तथा यसको बहु–आयामिक पक्षहरुको अध्ययन गरि नेपाली लगानीकर्ताहरुलाई सुरक्षित तथा लाभदायक लगानीका अबसरहरु प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता संचालन सेवा प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया