Nepal Life

रिलायबल नेपालको आइपिओ बाँडफाँड, वैदेशिक रोजगारमा गएकालाई ६० कित्तासम्म पर्यो

NMB Bank
  • BFIS News
  • 2023 Jul 30 19:03
रिलायबल नेपालको आइपिओ बाँडफाँड, वैदेशिक रोजगारमा गएकालाई ६० कित्तासम्म पर्यो
United Ajod

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरेको आइपिओ आज बाँडफाँड गरेको छ । आज अपरान्ह भएको बाँडफाँडमा वैदेशिक रोजगारमा गएका नेपालीले अधिकतम ६० कित्तासम्म हात पारेका छन् ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि गत असार २७ गतेदेखि निष्काशन गरेको आइपिओमा २७ हजार १४४ जनाले आवेदन दिएका थिए । उनिहरुले कुल २७ हजार १ सय ४८ जनाको आवेदन दिएका हुन् । जस मध्ये २७ हजार १ सय ४४ जनाको मात्र आवेदन भेरिफई भएको क्यापिटलले जनाएको छ । आवेदन दिएका सबैले शेयर पाएका छन् ।

यसरी आवेदन दिने मध्ये ५० कित्तासम्मको लागि आवेदन दने सबैले पाएका छन् । जस अन्तर्गत १० हजार ९११ जनाले माग बराबरकै शेयर हात पारेका हुन् । गोला प्रथाबाट ८ हजार ४२९ जनाले थप १० कित्ता सहित ६० कित्ता प्राप्त गरेका छन् ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरिरहेको छ । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो ।

त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया