Nepal Life

स्वावलम्बन लघुवित्त र प्रभु बैंकको संस्थापक शेयर बिक्री गरिँदै, क-कसले दिन पाउँछ आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Mar 31 07:52
स्वावलम्बन लघुवित्त र प्रभु बैंकको संस्थापक शेयर बिक्री गरिँदै, क-कसले दिन पाउँछ आवेदन?
United Ajod

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा राखिने भएको छ। आगामी चैत २५ गतेदेखि प्रभु बैंकको संस्थापक समूहको ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तका संस्थापक समूहको १४ हजार ७१० कित्ता गरी कुल ७६ हजार ४७२ कित्ता शेयर बिक्रीमा राखिने भएको हो।

Shikhar
Nepal Life
NIMB

यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले पनि खरिद गर्न सक्नेछन्।

प्रभु बैंकको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ र स्वावलम्बन लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले आफूले लिन चाहेको शेयर संख्या तथा मूल्य खुलाई वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन्। यसको बिक्री प्रबन्धकमा एलएस क्यापिटल लिमिटेड रहेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया