Nepal Life

होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स २००

NMB Bank
  • BFIS News
  • 2024 Apr 01 19:33
होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स २००
United Ajod

काठमाडौं । होण्डाले नयाँ बाइक एनएक्स २०० नेपाली बजारमा भित्र्याएको छ। एनएक्स २०० बाइकलाई सिटी राइडिंग र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

Shikhar
Nepal Life
NIMB

यसको ‘अप–राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ। एनएक्स २०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलइडी विंकर’सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ। 

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरी चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स २०० को अरु थप विशेषता रहेको पनि कम्पनीको दाबी छ। एनएक्स २०० मा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डूअल पेटल डिस्क ब्रेक’ले यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता दिने छ।

कम्पनीका अनुसार यसको शक्तिशाली ट्वर्क क्षमताले सहरी सयर सहज र लामो अफ्ठ्यारो यात्रा पनि रोमाञ्चक लाग्ने छ। १० वर्षसम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङहरूमा उपलब्ध एनएक्स २०० को सुरुआती बिक्री मूल्य चार लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ।

कम्पनीले एनएक्स २०० को औपचारिक बिक्री चैत १५ गतेदेखि सुरु गरिसकेको छ। होण्डाका सम्पूर्ण आधिकारिक बिक्रेताबाट र आधिकारिक वेबपेजमार्फत खरिद या बुकिङ पिन गर्न सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया