Nepal Life

हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 02 07:51
हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले आज (मंगलबार) सूचना प्रकाशन गरेर संस्थापक शेयर बिक्रीमा राखिएको जानकारी दिएको हो।

Shikhar
Nepal Life
NIMB

बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन्। खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन तथा शेयर विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ।

संस्थापक शेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमै सम्पर्क गर्न आग्रह गरिएको छ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गरिने पनि बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया