Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ करोड ४२ हजार कित्ता शेयरको ‘लक-इन’ अवधि आज सकिँदै

NMB Bank
  • BFIS News
  • 2024 Apr 02 09:15
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ करोड ४२ हजार कित्ता शेयरको ‘लक-इन’ अवधि आज सकिँदै
United Ajod

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक-इन समयावधि आज (मंगलबार) सकिने भएको छ। कम्पनीले सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनीहरू तथा कर्मचारीको कुल १ करोड ४२ लाख ६६ हजार ३२३.५ कित्ता लकइनमा राखिएको शेयरको अवधि चैत आज सकिएको जनाएको हो।

Shikhar
Nepal Life
NIMB

जसमा साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता रहेको छ।

साविकको ज्योति लाइफ र सूर्या लाइफ एकापसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ। सूर्या लाइफसँग मर्जरमा जानुअघि नै साविकको ज्योति लाइफले तीन वर्ष पहिले सर्वसाधारणलाई आइपिओ ल्याएको थियो।

लकइन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्। तर, कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी र लेखासम्बन्धी प्रत्यक्ष कार्यमा संलग्न कर्मचारीको हकमा भने सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया