दुई ठेकेदार कम्पनी कालोसूचीमा
- BFIS News
- 2024 Apr 02 09:28
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले जुगल बिल्डर्स कम्पनी प्रालि कोटेश्वर, काठमाडौं र जेएमबिडी इन्टरनेशनल चाबहिल, काठमाडौंलाई कालोसूचीमा राखेको जानकारी दिएको हो।
दुई कम्पनीमध्ये जुगल बिल्डर्स तीन वर्ष र जेएमबिडी डेढ वर्षका लागि कालोसूचीमा परेका हुन्। कालोसूचीमा परेका कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया