Nepal Life

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’, ७५ रुपैयाँ तिर्दा ५ घण्टा अनलिमिटेड डेटा पाइने

NMB Bank
  • BFIS News
  • 2023 Jul 31 10:26
एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’, ७५ रुपैयाँ तिर्दा ५ घण्टा अनलिमिटेड डेटा पाइने
United Ajod

काठमाडौं। एनसेलले ‘बिन्दास डेटा प्याक’ अफर सार्वजनिक गरेको छ। एनसेलले ७५ रुपैयाँ तिर्दा ५ घण्टाको लागि अनलिमिटेड डेटा लिन सकिने अफर ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

यो प्याकबाट ग्राहकले जुनसुकै समय ठाउँ र प्रयोजनका लागि ५ घण्टा अनलिमिटेड डेटा लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रयोगको समयमा आधारित हुने यो प्याकको अवधि ३ दिनको रहेको छ।

ग्राहकहरूले कुनै डेटा भोल्युम सीमाबिना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन्।

ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३ ह्यास डायल गरी यो प्याक किन्न सक्ने एनसेलले जनाएको छ। एनसेल एप, एनसेलको वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिने बताइएको छ।

कम पैसामा र निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दास डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ।

हालै मात्र, कम्पनीले बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ। यसमा ग्राहकहरूले करसहित मात्र २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्ने एनसेलले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया