Nepal Life

पर्यटकको आगमन र कृषि उत्पादनमा भएको वृद्धिले आर्थिक बृद्धिदर ४ प्रतिशतको अनुमान

NMB Bank
  • BFIS News
  • 2024 Apr 02 21:38
पर्यटकको आगमन र कृषि उत्पादनमा भएको वृद्धिले आर्थिक बृद्धिदर ४ प्रतिशतको अनुमान
United Ajod

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशतले भएको अनुमान गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले २०७९/८० को दोस्रो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा आर्थिक वृद्धिदर ४ प्रतिशतले बढेको अनुमान गरेको हो।

Shikhar
Nepal Life
NIMB

धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिलाई कार्यालयले आर्थिक वृद्धि हुनुको मुख्य कारण मानेको छ। होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिले अर्थतन्त्रमा योगदान गरेको कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

व्यापार क्षेत्रमा झिनो वृद्धि तथा उद्योगबाहेक अन्य क्षेत्रमा धनात्मक वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख भएको कार्यालयले जनाएको छ। दोस्रो त्रैमासको वृद्धि यो वर्षको पहिलो त्रैमासको वृद्धिको तुलनामा ०.७ प्रतिशत बढी हो।

कार्यालयका अनुसार अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ। आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलाप वृद्धिदर सबैभन्दा धेरै छ। यो क्षेत्रको वृद्धिदर २९.३ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

यस्तै ग्यास क्षेत्रमा १७.१, यातायात तथा भण्डारण क्षेत्रमा १४.३, खानी तथा उत्खनन् क्षेत्रमा ९.४ र वित्तीय तथा बीमा क्षेत्रमा ९.१ प्रतिशत वृद्धि भएको छ। थोक तथा खुद्रा व्यापार भने ०.५ प्रतिशत भन्दा बढ्न सकेको छैन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया