Nepal Life

यूनाइटेड अजोड इन्स्योरेन्सको १६ हजार ६५९ कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 04 07:51
यूनाइटेड अजोड इन्स्योरेन्सको १६ हजार ६५९ कित्ता संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक समूहको शेयर बिक्री खुलाएको छ। कम्पनीले १६ हजार ६५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ रहेको छ।  इच्छुक संस्थापक शेयरधनीले सुन्धारा काठमाडौंमा रहेको कम्पनीको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन दिनसक्नेछन्।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया