Nepal Life

रिडी पावरको हकप्रद शेयर बाँडफाँट, अवितरित ११ लाख बढीको लागि चैत २९ देखि बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2024 Apr 04 08:07
रिडी पावरको हकप्रद शेयर बाँडफाँट, अवितरित ११ लाख बढीको लागि चैत २९ देखि बिक्री खुला
United Ajod

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ । चैत २९ गतेदेखि शेयर बिक्री खुला गरिने पनि कम्पनीले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीलाई १ बराबर ०.५० अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरिसकेपछि बाँकी रहेको शेयर बिक्री खुला गर्न लागेको हो। उक्त हकप्रदमा आवेदन दिने ६० हजार ६०२ शेयरधनीहरुलाई ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद सेयर बाँडफाँट भएको कम्पनीले जनाएको छ ।

कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १:०.५० (१० कित्ताबराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्न लागिएको हो।

यो शेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति २०८१ वैशाख ९ गतेसम्म तोकिएको छ।

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा आवेदन दिन सक्नेछन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया